असोज ०५, २०८१, शनिबार
               

मंगलबार थप ६३८ जनालाई काेरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । 

प्रवक्ता गौतमका अनुसार, हाल नेपालमा ७ हजार २०१ जना सक्रिय संक्रमित छन् । आज देशभर १० हजार ४६२ जनाकाे काेरोना परीक्षण गरिएकाे छ । साथै आजसम्म १६ हजार ६६४ जनाले काेरोना जितेका छन् ।  


कस्तो लाग्यो ?

यो पनि