असोज ०५, २०८१, शनिबार
               

सरकारको आलोचना गर्नेहरुप्रति स्वास्थ्यमन्त्रीको व्यंग्य

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुप्रति व्यंग्य गरेका छन् । 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै उनले सरकारको आलोचना गर्नेहरुप्रति व्यंग्य गरेका हुन् । 

सो कार्यक्रममा उनले सरकारको आलोचना गरेर कोरोनासँगको लडाइ नजितिने बताएका छन्  ।

‘आजको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीविरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु,’ ढकालले भने, ‘चाहे ती मेरा घरभित्र बसेका हुन्, चाहे छिमेकमा बसेकाहरु हुन् । सरकारको आलोचना गरेर लडाइको अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण र महामारी कमजोर बनाउन योगदान पुर्‍याउँदैन ।

सो कार्यक्रममा उनले महामारीबाट बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइ फेरि पनि लड्न सकिने बताउँदै आफ्ना आलोचकलाई फकाउन पनि उनले खोजेका छन् । 

‘सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दा पनि केही बिग्रिदैन’ उनले भने, ‘स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँडने मित्रहरुलाई पनि म आग्रह गर्छु, बेलाअनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले निगरानी गरिराखेका हुन्छन् ।’

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल स्वास्थ्य सामग्री खरिदका क्रममा ओम्नी समूहसँग भएको मिलेमतो र अनियमितताका कारण निकै आलोचित छन् । 

ओम्नीले बजार मूल्यभन्दा धेरै बढीमा स्वास्थ्य सामग्री बिक्री गर्न लागेको तथ्य सार्वजनिक भएपछि उनीसँग जोडेर सरकारको पनि निकै आलोचना  भएको थियो ।

त्यसयता सरकारको आलोचना सत्तारुढ दल नेकपा र बाहिरबाट निकै हुने गरेको छ । 

यो पनि