असोज ०५, २०८१, शनिबार
               

तीनवटा निजी अस्पतालले पिसिआर रिपोर्ट माग्दा उपचार नपाएरै सुनारले देह त्यागे

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

झापा । झापा कनकाई नगरपालिका ५ का १७ वर्षीय रोशन सुनार केही दिन अघि फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भए ।

घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । उनी झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा उपचारका लागि आए । त्यो बेला उनको श्वासप्रश्वासमा समस्या भइरहेको थियो ।

कोरोना भाइरसको सङ्क्रमणको शंका गरेर विर्तासिटी अस्पतालले पिसिआर रिपोर्ट माग्यो र उपलब्ध नगराए उपचार गर्न नसकिने उक्त अस्पतालले जानकारी दियो ।

त्यहाँ उपचार संभव नभएपछि विर्तामोडकै कनकाई अस्पताल उपचारका लागि गए। त्यहाँ पनि पिसिआर रिपोर्ट मागे । त्यहाँ पनि सुनारको उपचार संभव भएन ।

मंगलबार बिहानको राति करिब २ बजेतिर उनलाई लिएर उनका अभिभावक मेची अस्पताल भद्रपुर पुगे । मेची अस्पताल भद्रपुरले भर्ना गरेर उपचार शुरु गरेको थियो । तर केही क्षणपश्चात शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भ्यान्टिलेटरसहितको सघन उपचार चाहियो ।

मेची अस्पतालमा उक्त सुविधा नभएपछि भ्यान्टिलेटरका लागि भद्रपुरकै ओम साई पाथिभरा अस्पताल सुनारलाई रेफर गरियो । त्यहाँ पनि पिसिआर कै रिपोर्ट मागेपछि उनलाई लिएर उनका अभिभावक फेरि मेची अस्पताल नै पुगे । त्यहाँ इमरजेन्सी कक्षमा उनको मृत्यु भएको मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलले जानकारी दिए ।

मृतक सुनारमा कोरोना भाइरसको सङ्क्रमण छ/छैन भनेर परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको र साँझसम्ममा रिपोर्ट आउने डा. कँडेलले बताए ।

 


कस्तो लाग्यो ?

यो पनि