असोज ०५, २०८१, शनिबार
               

ट्रयाक्टर र अवैध सालको काठसहित ६ जना पक्राउ

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

सिरहा । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्रयाक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्रयाक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ  साहलाई पक्राउ गरेको हो ।

काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले काठ बोकेको ना ४ त ८७२८ र स १ त ५२९७ नंको ट्रयाक्टर र एक थान मोटरसाइकलसहित सबै जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।

दुवै ट्रयाक्टरबाट ६९ थान सालको चिरान काठ बरामद भएको प्रमुख दासले बताए । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि