असोज ०५, २०८१, शनिबार
               

घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु, पाहुना आएकासहित पाँच घाइते

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । घर भत्किएर डोटीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । डोटीको आदर्श गाउँपालिका–१ स्थित खलगडामा घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

प्रहरीका अनुसार गएराति करिब १ बजेको समयमा स्थानीय ३२ वर्षीय लोगे विकको घर भत्किएर उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

उक्त घटनामा लोगे विक, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् भने उनिहरुका घरमा पाहुना आएका आफन्त लोगेकी सासु आमा र सालो पनि घाइते भएको प्रहरीको भनाइ छ  । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि