बैशाख २०, २०८१, बिहीबार
               

यस्तो छ आजको मौसम, कतै भारी वर्षा, कतै चट्याङ

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार मौसमको गतिविधीबारे विवरण प्रकाशन गर्दै सबैलाई सचेत गराएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको बताइएको छ । यसैगरी, राती पनि देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र प्रदेश नं ५ थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि