बैशाख २२, २०८१, शनिबार
               

सोमबार उपत्यकामा थप ४३ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ र काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।  

संक्रमण काठमाडौंका ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना पुष्टि भएको उनले बताए । 

एकैदिन आठ हजार ४३२ जनाकाे काेरोना परीक्षण गरिएकाे उनले जानकारी दिए ।

यसका अलवा उनले हालसम्म नेपालमा १६ हजार ४९३ जनाले काेरोना जितेको बताए । त्यसैगरी उनले नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको बताए । 

उनले भने, ‘हाल नेपालमा ६ हजार ७३८ जना सक्रिय संक्रमित छन् ।’


कस्तो लाग्यो ?

यो पनि