बैशाख १६, २०८१, आइतबार
               

सिरहा नगरपालिकामा अख्तियारको छापा

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

सिरहा । सिरहा नगरपालिका कार्यालयमा अख्तियारले छापा मारेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासका प्रमुख नवराज सुवेदीको नेतृत्वमा खटेको टोलीले सिरहा नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकमको कागजात छानविनका लागि नियन्त्रणमा लिएको हो ।

सिरहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरणमा अनियमितता भएको जनगुनासो आएपछि आयोगको टोलीले छानविन सुरु गरेको हो ।

नगरपालिकाले कोभिड नियन्त्रणका लागि ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि