जेठ ०९, २०८१, बुधबार
               

भारतीय दूतावासद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ ।

आइतबार बिहान भद्रकालीस्थित सैनिक मुख्यालयमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले नेपालस्थित भारतीय राजदूतावासले भेन्टिलेटर उपलब्ध गराएको जानकारी दिए ।

कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको भेन्टिलेटरहरु उपलब्ध गराएको हो । 

प्रधानसेनापति थापाले भारतको सहयोगप्रति धन्यवाद प्रकट गरे ।


कस्तो लाग्यो ?

यो पनि