असोज ०६, २०८१, आइतबार
               

पशुचौपायामा अज्ञात रोग

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

सिन्धुली । सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ ।

पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी–५ तथा दुधौली वडा  ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् ।

पशुचौपायाको गोडा सुनिने, घाँस नखाने र झोक्राएर बस्नेजस्ता समस्या देखिएको हरिहरपुरगढी–५ का वडाध्यक्ष झलककुमार माझीले जानकारी दिए । उनका अनुसार सो वडामा करीब ४५/५० किसानले पालेका पशुचौपायामा यस्तो पहिचान नै हुन नसकेको रोग देखापरेको छ ।

अचानक देखापरेको सो रोग कस्तो खालको हो भन्ने अहिलेसम्म पशु चिकित्सकले पनि पहिचान गर्न सकेका छैनन् । पहिचानको काम भइरहेको पशु प्राविधिक नम्रजय अधिकारीले बताए ।

उक्त रोगको लक्षण देखापरेका पशुचौपायामा  छालामा डाबर देखिने,याल बगाउने र उच्च ज्वरो आउने गरेको पनि पाइएको पशु चिकित्सक विपीनजङ्ग राईले बताए ।


कस्तो लाग्यो ?

यो पनि