जेठ ०६, २०८१, आइतबार
               

होम क्वारेन्टाइनमा बस्न चाहनेले अब यस्ता मापदण्ड पूरा गर्नुपर्नेछ

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण भएका, तर घरमै बस्न चाहनेहरुका लागि सरकारले मापदण्ड तोकेको छ ।  

होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितहरुका स्वास्थ्य मन्त्रालयले मापदण्ड तोकेको हो । 

होम आइसोलेसनमा बसन् चाहनेहरुले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने बताइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितले आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा सौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने छ ।

यसका अलवा उनले सामूहिक रुपमा सौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेपछि मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको  बताए ।

दाँत माझ्ने ब्रस लागयत सामान बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसाग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड बनाइएको  उनले जानकारी दिए ।

त्यसैगरी, उनले संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने उल्लेख गर्दै  बढी जोखिममा रहने समूह (दीर्घरोगी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिला) लाई टाढा राख्नुपर्ने बताए ।

उनले संक्रमितलाई स्वास प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मी बोलाउन आग्रह गरे।

यो पनि