जेठ ०६, २०८१, आइतबार
               

७ जिल्लामा सङ्क्रमित शून्य

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको छ । 

उनले भने, “सक्रिय सङ्क्रमित छ हजार २०६ मध्ये प्रदेश नं १ मा ४७८, प्रदेश नं २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ सक्रिय सङ्क्रमित रहेका छन् ।”

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन् । पिसीआर सात हजार ८८८ जनामा परीक्षण गरिएको छ ।  सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन् ।


कस्तो लाग्यो ?

यो पनि