जेठ ०६, २०८१, आइतबार
               

२४ घन्टामा गरियो सात हजार ७८८ जनाको पिसीआर परीक्षण

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा  जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सात हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको बताएका छन् । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ। क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७९२ छ,’  उनले भने । 

यसका अलवा उनले हाल सात जिल्ला कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिए । जसमा खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला रहेको उनले बताए । 

त्यसैगरी उनले पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना रहेको बताए।  उनले भने, ‘हालसम्म १६ हजार ३१३  डिस्चार्ज भएका छन् ।’ 

कुन जिल्लामा कति संक्रमित

प्रवक्ता गौतमले सक्रिय सङ्क्रमित ६ हजार २०६ मध्ये प्रदेश १ मा ४७८, प्रदेश २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ सक्रिय सङ्क्रमित रहेको बताए । 

हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९०१ कोभिड–१९ बाट सङ्क्रमित छन्। सात लाख २४ हजार १८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६३१ व्यक्ति यस रोगबाट निको भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि