बैशाख १५, २०८१, शनिबार
               

किशोरी बलात्कार गरेको अभियोगमा वडाध्यक्ष जेल चलान

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

कालिकोट । बलात्कार अभियोग लागेका एक वडाध्यक्ष जेल चलान भएका छन् । 

कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

शुक्रबार जिल्ला अदालत कालीकोटले ५१ वर्षीय शाहीलाई कारागार चलान गर्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए ।

जबरजस्तीकरणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले अदालतबाट पूर्ण फैसला नभएसम्म वडाध्यक्ष शाहीलाई कारागार चलान गरिएको घिमिरेले बताए ।

वडाध्यक्ष शाहीमाथि बहिनी नाता पर्ने १६ वर्षीया किशोरीमाथि पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो । 

वडाध्यक्ष शाहीले ती किशोरीलाई २०७४ सालमा आफ्नो घरमा लगी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

ती किशोरीलाई वडाध्यक्ष शाहीले विभिन्न बहानामा धम्काएर बलात्कार तथा यौनहिंसा गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको एक प्रहरी अधिकृतले बताए ।


कस्तो लाग्यो ?

यो पनि