जेठ ०६, २०८१, आइतबार
               

गण्डकीमा थपिए २४ संक्रमित

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

पोखरा । पोखरा महानगरका तीन जनासहित गण्डकीमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखरा महानगरपालिका वडा नम्बर १७ का एक जना पुरुष तथा वडा नं. ९ का एक–एक महिला, पुरुषसहित गण्डकी प्रदेशका चार जिल्लाका थप २४ जनमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार कास्कीका दुई पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष, स्याङ्जाका सात जना पुरुष र म्याग्दीका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६११ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोन संक्रमण मुक्त हुनेको संख्या १४४३ पुगेको निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि