असोज ०६, २०८१, आइतबार
               

नगरप्रमुख र प्रशासकीय अधिकृतसहित २४ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र प्रसाद साहसहित २३ जनामा कोरोना संक्रमण देखिएको  छ ।

त्यस्तै,  धोविनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत कोरोना पुष्टि भएको पर्साका कोरोना फोकल पर्सन जेमुद ठाकुरले जानकारी दिए ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको संक्रमण पुष्टि भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार हालसम्म पर्सा जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९६२ छ ।

यसमध्ये ७ सय ८२ पुरुष र १८० महिला संक्रमित छन् । 
 


कस्तो लाग्यो ?

यो पनि