असोज ०६, २०८१, आइतबार
               

कोरोना रोकथाम र उपचारमा सिराहामा मात्रै २० करोडभन्दा बढी खर्च

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

सिराहा । जिल्लाका १२ वटा स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा उपचारमा २० करोडभन्दा बढी खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिले तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न दिएको निर्देशनअनुरूप उनीहरूले बिहीबार खर्च विवरण सार्वजनिक गरेका हुन् । 

स्थानीय तह, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत, स्वास्थ्यकर्मी भत्ता, सुरक्षाकर्मी भत्ता कर्मचारी भत्ता गरी २० करोड ९० लाख ४७ हजार ३५ रुपैयाँ खर्च भएको जनाएका छन् ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बिहीबार सम्पन्न कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकमार्फत खर्च विवरण सार्वजनिक गरिएको हो 


कस्तो लाग्यो ?

यो पनि