जेठ ०६, २०८१, आइतबार
               

मेयर र सेनासहित थप ५५ जनामा संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्सामा थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज (शनिबार) थपिएका संक्रमितहरुमध्ये ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । 

संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्मका रहेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए ।

संक्रमित हुनेहरुमा बारा जिल्ला कलैया–१० घर भइ हाल नारायणी अस्पतालको प्रयोगशालामा कार्यरत ३० वर्षीय प्राविधिक समेत छन् ।

त्यस्तै वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ वर्षीय नेपाली सेनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको बहुदरमाइ नगरपालिकाका प्रमुख (मेयर) मा समेत कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिए ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ बर्ष देखि ७४ वर्षका सम्मका २१ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका २२ देखि ४० वर्ष सम्मका २५ जना, छिपहरमाइ गाँउपालिका–५ भिस्वाका ३५ वर्षीय एक जना पुरुष र ५५ वर्षीया एक जना महिलामा संक्रमण पुष्टि भएको छ । बिन्दवासिनी गाँउपालिका नगरदाहा–३ का ३१ वर्षीय  पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी बारा जिल्ला भलुही भरवलियाका ३० वर्षीय एक पुरुष, बारा मनहर्वाका ४३ वर्षीय एक पुरुष र सर्लाहीका २६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

साउन २० गते देखि २३ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ५५ जनामा कोारेना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि