काठमाडौं । वीर अस्पतालमा कार्यरत थप एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले जानकारी दिए ।
वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमित दुवै जना चिकित्सकलाई लक्षण देखिएको छ ।
अस्पतालका २ चिकित्सकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको निर्देशक डाक्टर सेञ्चुरीले बताए ।
यस्तै मंगलबार र बुधबार अस्पतालमा उपचाररत तीन बिरामीमा समेत कोरोना पुष्टि भएको थियो ।