बैशाख २६, २०८१, बुधबार
               

रेशम चौधरीलाई वीर अस्पताल लगियो

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई वीर अस्पताल लगिएको छ ।

कैलाली, टीकापुर काण्डका मुख्य अभियुक्त चौधरीलाई खुट्टा सुनिनुका साथै ज्वरो आएपछि अस्पताल लगिएको हो ।

डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले चौधरीलाई वीर अस्पताल लगिएको जानकारी दिए । 

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो । 

घटनापछि फरार रहेका चौधरीले  सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई कैलाली क्षेत्र नम्बर १ बाट विजयी समेत भएका थिए ।

२०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि