मंसिर ०७, २०८१, शुक्रबार
               

कोशी अस्पतालमा एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

विराटनगर । कोशी अस्पताल बिराटनगरमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । 

विराटनगर–९ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शुक्रबार बिहान आफन्तले अस्पताल पूर्‍याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो ।

आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

एकसाता यता ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएका पुरुषलाई निमोनियाको पनि समस्या थियो । 

मृतकको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि