मंसिर ०७, २०८१, शुक्रबार
               

पर्सामा थपिए एक सय ४१ संक्रमित

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

पर्सा । बिहीबार राति पर्सामा थप एक सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पीसीआर परीक्षणमा २१ महिला सहित एक सय ४१ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।  

उनका अनुसार एक सय ४१ जना संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका प्रहरी र थुनुवा ४४ जना रहेका छन् ।

तराई हस्पिटलका एक, पशु अस्पतालका एक, सेनाका पाँच, कारागारका दुई, नेशनल मेडिकल कलेजका एक जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा.उपाध्यायले बताए ।

जसमा बारा र रौतहटका चार–चार जना रहेका छन्  भने वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् ।

यसैगरी पर्सागढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्मै पर्सामा संक्रमित थपिने सर्वाधिक संख्या हो ।

संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या आठ सय ९५ पुगेको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि