जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको संख्या ६० पुगेको हो । 

पर्सामा कोरोनाका कारणले थप दुई जनाको मृत्यु भएको हो । वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा भने मङगलबार राति संक्रमण पुष्टि भएको थियो । 

पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि