जेठ ०५, २०८१, शनिबार
               

सर्लाहीका नेकपा अध्यक्षलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ । 

चिकित्सको सल्लाहअनुसार, हाल उनी काठमाडौंमा आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पन्तले आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् ।

'३-४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो । शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो’ उनले विज्ञप्तिमा भनेका छन् ।

यसबीचमा आफूले कामको सिलसिलामा केही भेटघाट र छलफल गरेको भन्दै उनले नजिकबाट आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि