जेठ ०५, २०८१, शनिबार
               

सप्तरीमा तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

जनकपुर । सप्तरीमा कोरोना भाइरस संक्रमितमा देखिने लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । 

वैदेशिक रोजगारको क्रममा मलेसियाबाट आएर होम क्वारेन्टाइनमा रहेका एक जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचाररत दुई  जनाको मृत्यु भएको हो ।

डेढ महिनाअघि मलेसियाबाट आएका सप्तरीको रुपनी गाउँपालिका–५ गढियाका ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएका उनको मंगलबार राति बाटोमै मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।

त्यस्तै, निजी अस्पतालमा उपचार गराइरहेका अन्य दुई जनाको मृत्युबारे विस्तृत जानकारी आइनसकेको डा. झाले बताए । 

मृतक तीनै जनाको स्वाब संकलन गरि परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको डा. झाले बताए । 

लक्षण देखिएका ४५ वर्षीय पुरुषको मृत्यु भएपछि उनका परिवारले शव घर लगेका थिए । पछि अस्पतालले स्थानीय प्रशासनलाई खबर गरेपछि प्रहरीले शव आफ्नो जिम्मामा लिएको छ । 

त्यस्तै नीजि अस्पतालमा मृत्यु भएका दुई जनामध्ये एक जनाको शव अस्पतालमा रहेको र अर्का १ जनाको शव अस्पतालले आफुहरुलाई जानकारी नदिई परिवारजनको जिम्मा लगाएको थियो ।  

तर पछि प्रशासनकै सहयोगमा उनको शव समेत प्रहरीकै जिम्मामा राखिएको मेसु डा. झाले जानकारी दिए । 

यसैबीच, कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेसँगै सप्तरीमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि