जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं प्रवेशमा थप कडाइ

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ । 

सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं प्रवेश गर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरिएको थियो । सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गरेको हो । 

उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने र उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ ।

प्रहरीले आज पैदल हिँडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारवाही गरेको जनाएको छ । प्रहरीका अनुसार, पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ ।

उपत्यका प्रवेश गर्ने नाका साँगा हुँदै काठमाडौं छिर्ने पास विनाका गाडीहरुलाई फिर्ता गरिएको छ भने, मास्क नलगाई यात्रा गर्ने यात्रु र पैदल यात्रुहरु प्रहरी कारवाही समेत गरिरहेको छ । 

नागढंगा नाका हुँदै दैनिक ४ देखि ६ सयसम्म सवारीहरु भित्रिने गरेका छन्  बुधबार दिउँसो नागढुंगा नाकामा कडा चेकिङ गरिएको थियो ।

मंगलबारमात्रै काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका थिए । 

उपत्यका भित्रिने १० हजार ८ सय ५३ जानको स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि