जेठ ०५, २०८१, शनिबार
               

खैनी डब्बामा सेनिटाइजर बोक्ने दिन आउँछ : मुख्यमन्त्री शाही

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोनाको संक्रमण अझै फैलन सक्ने भन्दै लापरवाही नगर्न आग्रह गरेका छन् । देशमा लक्षण सहितका कोरोनाका बिरामी भेटिन थालेको भन्दै शाहीले सजग रहन आग्रह गरेका हुन् ।  उनले लक्षण सहितको कोरोनाको संक्रमण बढदै गए कम्तिमा २५ दिनदेखि एक महिना कडा लकडाउन गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय लकडाउन खुलेसँगै कर्णालीको दैलेखमा पनि लक्षण सहितका कोरोनाका संक्रमित देखिन थालेको दैलेख अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जनाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकारसँग कुरा गर्दै मंगलबार मुख्यमन्त्री शाहीले कर्णालीलाई सुरक्षित राख्न प्रदेश सरकारले विभिन्न विकल्पसहित योजना बनाइरहेको बताए । सोही अनुसारको संघिय सरकारलाई कर्णाली सरकारले सुझाव पनि दिएको उनले बताए ।

चारजना मन्त्रीसँगै पत्रकार भेटघाटमा शाहीले देशका अन्य प्रदेशमा लक्षण सहितको कोरोनाको संक्रमण बढ्दै गएमा कर्णालीले फेरी पनि नाका सिल गर्ने बताए । ‘अहिले काठमाडौंमा प्रवेश गर्न पिसिआर रिपोर्ट माग्ने गरिएको छ ।’ अब कर्णालीमा जो पायो त्यहीले राहात बाँड्ने काम पनि बन्द गरिने उनले बताए । 

मुख्यमन्त्री शाहीले सबैले मास्क अनिवार्य लगाउने व्यवस्था गरिने जनाए ।  ‘आफै किन्न सक्नेले आफैं किन्छन्, किन्न नसक्नेलाई सरकारले दिन्छ ।’  उनले भने ।  उनले थपे, ‘पहिले खैनी र सूर्ती हाल्ने डिब्बामा अब सेनिटाइजर बोक्नुपर्ने अवस्था आउन सक्छ ।’ उनले मानव स्वास्थ्य भन्दा ठूलो अर्थतन्त्र नभएको पनि बताए।
 


कस्तो लाग्यो ?

यो पनि