बैशाख २५, २०८१, मंगलबार
               

मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनौट

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७६’का लागि सात पुस्तकहरू छनौट गरेको छ ।

गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त १५१ पुस्तकहरू मध्येबाट पुरस्कारका लागि ७ पुस्तक छनौट गरेको हो । 

गुठीले मदन पुरस्कारका लागि विमल निभाको 'जोकरको बन्दुक', तीर्थ श्रेष्ठको 'धर्सैधर्साको चक्रव्यूह', भुवन ढुङ्गानाको 'परित्यक्ता', योगी धर्ममहारसको 'महारसनिघण्टु (खण्ड १ – ३)', चन्द्रप्रकाश बानियाँको 'महारानी', ललित बिष्टको 'मोहपथ' र शारदा शर्माको 'यात्रामा' छनौट गरेको छ । 

 छनौटमा परेका यी पुस्तकमध्ये एउटा पुस्तकलाई २०७६ सालको मदन पुरस्कार दिइनेछ।


कस्तो लाग्यो ?

यो पनि