जेठ ०५, २०८१, शनिबार
               

जेलरमा पनि कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्साको वीरगन्जमा कारागारका जेलर पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेलले आफ्नो फेसबुक पेजमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् ।

दोस्रो पटकको परीक्षणमा आफू संक्रमित भएको उनले बताए ।

आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा आफूलाई कोरोनाबाट जोगाउन नसकेको बताउँदै उनले आफूलाई संक्रमणको केही लक्षण नदेखिएको बताएका छन् ।

साउन १४ गते गरिएको २२ जनाको पीसीआर परीक्षणमा ८ जना कैदीबन्दी, २ जना कारागारमा परिसरमा काम गर्ने कर्मचारी र परिसरमा खटिएका तीन जना प्रहरीमा संक्रमण देखिएको थियो ।

जेलर पोखरेलका अनुसार कारागारका १३ जना संक्रमितको सम्पर्कमा आएका कारागारभित्रका ५५ पुरुष र ९ महिला कैदीबन्दी, ३१ जना नेपाली सेना, ७ जना जनपद प्रहरी, १५ जना कारागार कर्मचारी र १ जना बालकको स्वाब संकलन गरिएको थियो ।

त्यसै क्रममा जेलरको रिपोर्ट पोजेटिभ आएको हो । बाँकीको रिपोर्ट  भोलि बिहानसम्ममा आउने उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि