जेठ ०५, २०८१, शनिबार
               

कोरोना संक्रमणबाट वीरगन्जमा थप एकको मृत्यु

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

पर्सा । कोरोना भाइरस संक्रमणका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ । बुधबार बिहान नारायणी अस्पतालमा ४६ वषसर््य पुरुषको मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिका–१५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले जनाकारी दिए ।

पुरुष मधुमेहका रोगी रहेको र पछिल्लो समय उनमा ज्वरो र खोकी देखिएको थियो ।

उनको १८ गते स्वाब परीक्षण गरिएको र १९ गते उनमा कोरोना संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई मंगलबार वीरगन्ज अस्थायी कोभिड अस्पतालमा भनाइ गरिएको थियो । 

उनको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ भने वीरगन्जमा मात्रै ८ जनाको ज्यान गएको छ ।

देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि