जेठ ०५, २०८१, शनिबार
               

जुवाडेमा पनि देखियो कोरोना, सातजना जुवाडे संक्रमित

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं ।  कारोनाको महामारीमा स्याङ्जामा दुई महिलासहित सात जनामा कोरोना पुष्टि भएको छ । साउन ४ गते जुवा खेलेको अवस्थामा पुतलीबजार १३ मा प्रहरीले ६ जनालाई पक्राउ गरेकोमा साउन ६ गते प्रहरीमा कोरोना पुष्टि भएपछि समातेको तीन दिनमा ७ गते प्रक्रिया पूरा गरेर छोडिएको थियो ।  

प्रहरीबाट छुटेर घर पुगेका युवालाई पिसीआर टेष्ट गर्दा साउन १८ गते कोरोना पुष्टि भएको थियो। युवामा कोरोना सङक्रमण भेटिएपछि निजको सम्पर्कमा आएका ३८ जनाको स्वाब लिएर परीक्षणमा सात जनामा कोरोना प्रमाणित भएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफ्लेले बताए ।

युवाको सम्पर्कमा आएका आफ्नै घरका आमा, बुवा, दाई र श्रीमतीमा कोरोना देखिएको हो भने अन्य तीनजना गाउँले रहेका छन् । पक्राउ परेका जुवाडेलाई होम क्वारेन्टाइनमा राख्ने सहमतिमा लगे पनि क्वारेन्टाइनमा नराख्दा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्वारेन्टाइन बाहिरका सुरक्षाकर्मी, डाक्टर, एम्बुलेन्स चाल, सरसफाईकर्मी, प्रहरी परिवार, भान्से र स्थानिय गरी ५९ जना नागरिकमा कोरोना सङक्रमण देखिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि