काठमाडौं । नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्तको परिवारमा पनि संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
आयुक्तका परिवारका दुईजना सदस्यलाई कोरोना संक्रमण देखिएको अख्तियार बताइएको छ ।