जेठ ०५, २०८१, शनिबार
               

मुगुमा शिक्षकमाथि सांघातिक आक्रमण, अवस्था गम्भीर

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । मुगुमा एक शिक्षकमाथि सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइएको छ । जात्राबाट फर्कने क्रममा सोरु गाउँपालिकाका शिक्षकमाथि स्थानीय युवाहरुले सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । ​

जनैपूर्णिमाको समयमा लाग्ने स्थानीय  भी ठूलीगाउँको जात्रा हेर्न गएका स्थानीय कालिका आधारभूत विद्यालय लिब्रु ४ का स्थायी शिक्षक बिष्णुराज धामीमाथि गत सोमबार मध्यराति सोही गाउँका केही युवाहरुले सांघातिक आक्रमण गरेर गम्भीर बनाएको प्रहरीको भनाइ छ ।

त्यस आक्रमणका घाइते शिक्षक धामीलाई उपचारका लागि मंगलबार हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको प्रहरीले जनाएको । उनको अनुहार, टाउकोलगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ ।

उनीसँगै स्थानीय युवा बर बहादुर बुमी पनि घाइते भएको प्रहरीले जनाएको छ । उनको पनि प्रदेश अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीबाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य नवराज धामीका छोरा मिलन धामीसहित अंगत, जीवन, राजेन्द्र धामी, इन्द्र सेजुवाल र कवीदत्त बुमीको टोलीले शिक्षक धामीलाई आक्रमण गरेका हुन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि