जेठ ०५, २०८१, शनिबार
               

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु, एक घाइते

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा सोमबार साँझ ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ७४०२ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ७२१० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–३ निवासी २१ वर्षीय देविन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते चालक यादवलाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकमा पछाडि सवार धनुषाको धनुषाधाम निवासी २३ वर्षीय बालकृष्ण यादव घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि