बैशाख २०, २०८१, बिहीबार
               

आज पनि बिहानैदेखि देशभर वर्षा, सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थान र उपत्यकमा पनि केही भू–भागमा बिहानैदेखि वर्षा भएकोले आम देशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यसैगरी राती पनि देशका अधिकांश भू–भागमा सामान्य वदली रही  थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि