काठमाडौं । मंगलबार राति देशकाे विभिन्न स्थानमा आवाज बिहिनकाे बिजुली चम्किरहेकाे छ ।
नेपालकाे अधिकाँश स्थानबाट देखिएकाे उक्त आवाजबिनाकाे चट्याङ समुन्द्र सतहभन्दा धेरै माथि भएकाे हुँदा आवाज जमिनसम्म आइनपुगेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
करिब १६ किलाेमिटरमन्दा माथिकाे आवाज जमिनमा आइनपुग्ने भएकाेले बिजुली चम्किएकाे तर आवाज नसुनिएकाे माैसम पूर्वानुमान महाशाखाका माैसमविद् प्रतिभा मानन्धरले नेपाल फ्ल्यासलाई बताइन् । करिब १६ किलाेमिटरकाे तहलाई स्ट्याटोस्फियर तह भनिन्छ । उक्त तहकाे चट्याङकाे प्रकाश देखिए पनि आवाज भने सुन्न नसिकने माैसम विभागले जनाएकाे छ ।
यो केही फरक खालकाे नभएर सामान्य चट्याङ नै भएकाेले धेरै नआत्तिन र पानी पर्न सक्ने भएकाे हुँदा सचेत बस्न मौसमविद तुलाधरकाे आग्रह छ । मौसम विभागका अनुसार यो कुनै अनिष्ट, अचम्म र चमत्कार नभएर सामान्य मौसमी प्रक्रिया हाे ।
साथै आज प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । भने भोली देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।