जेठ ०५, २०८१, शनिबार
               

स्वास्थ्यसम्बन्धी विज्ञ  र सरोकारवालाले दिए प्रधानमन्त्रीलाई दुई थरी सुझाव

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्यसम्बन्धी विज्ञ  र सरोकारवालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई थरी सुझाव दिएका छन् ।

बालुवाटारमा मंगलबार सरोकारवाला र विज्ञहरुको प्रधानमन्त्रीलाई  तत्काल १५ दिन कडा खालको लकडाउन गर्न  र अवस्थालाई सामान्यीकरण गर्दै आवश्यकताका आधारमा विशेषमा लकडाउन गर्न सुझाएका दिएका हुन् । 

कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका थिए ।

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाएको जानकारी दिए । 

बालुवाटारमा प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलपछि  जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले आफूलगायत केही विज्ञहरुले १५ दिन कडाखालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी दिए । 

‘पहिले भारतबाट आएका मात्रै संक्रमित हुन्थे भने अहिले कम्युनिटीमा पनि संक्रमित बढेका छन् । हामी अहिले कुन स्टेजमा छौं र के गर्ने भन्नेबारेमा धारणा राखियो’, उनले भने, ‘१५ दिन कडा खालको लकडाउन गर्ने र त्यसपछि जनस्वास्थ्यका मापदण्ड अपनाउने भन्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ ।’

केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा पनि राखेको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुले दिएको सुझावको आधारमा एमसीसी, स्वास्थ्य मन्त्रालय र क्याबिनेटमा छलफल गरेर उचित निर्णय लिने बताइएको छ । 

सो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, स्वास्थ्य मन्त्रालय र सिसिएमसीका पदाधिकारीको पनि सहभागिता थियो ।


कस्तो लाग्यो ?

यो पनि