जेठ ०५, २०८१, शनिबार
               

नेपालमा उपचाररत ३६ कोरोना संक्रमितको अवस्था गम्भिर

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा उपचाररत रहेका ५ हजार ७३२ जना कोरोना संक्रमितमध्ये ३६ जना सिकिस्त अवस्थामा रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार अपरान्ह चारबजेसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

त्यसमध्ये दुईजना भेन्टिलेटरमा छन् भने ३४ जना आइसियूमा छन् । सबैभन्दा बढी बागमती प्रदेशमा २१ संक्रमित आइसीयूमा छन् भने एक जना भेन्टिलेटरमा रहेको बताइएको छ ।

यस्तै प्रदेश नम्बर २ मा सात जना आइसीयूमा, प्रदेश नम्बर १ मा तीन जना आइसीयूमा र एक जना भेन्टिलेटरमा छन् ।प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एक-एकजना बिरामी आइसीयूमा उपचारारत रहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि