जेठ ०५, २०८१, शनिबार
               

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । संक्रमित अधिकांश प्रहरी कर्मचारी हुन् ।

अख्तियारको अप्रेशनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । 

थप संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको अख्तियारले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि