जेठ ०५, २०८१, शनिबार
               

सुदूरपश्चिममा कति छन् सक्रिय संक्रमित ?

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

कैलाली । सुदुरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३७३ पुगेको छ । 

सोमबार गरिएको परिक्षणबाट थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमित १ हजार ३७३ पुगेको हो । 

सेती प्रादेशिक अस्पताल धनगढीबाट २०, डडेल्धुरा अस्पतालबाट, २ र रास्ट्यि जनस्वास्थ्य प्रयोगशालाबाट गरिएको परिक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । 

कैलालीका २२ पुरुष, २४ महिला,कंचनपुरका १४ पुरुष, १ महिला, बझाङ्ग १ पुरुष र  अछाम २ पुरुष र २ महिलामा सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो । 

यसअघि नै  ३ हजार २७६ जना निको भएर घर गइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । 

प्रदेशमा हालसम्म ३६ हजार ५५७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३१ हजार ८९९ मा नेगेटिभ आएको उनले बताए ।  

१ हजार ३७३ को रिपोर्ट आउन बाँकी छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६९९, बैतडीका ३१९, बझाङ्गका २६९ ,बाजुरा ४४९, डडेल्धुराका ३०१, दार्चुलाका ३८, डोटीका ७३०, कैलालीका १२७२ र कंचनपुरका ५८१ गरि ४ हजार ६५८ रहेका छन् । जस्मा महिला १ हजार १२७, पुरुष ३ हजार ५३१ रहेका छन् । 

क्वारेन्टाइनमा १ हजार ५५१ पुरुष र ५ सय ४५ महिला रहेका छन् । प्रदेशका बिभिन्न आइसोलेसनमा शंकास्पद १८ र संक्रमित ५५ गरी ७३ जनाको उपचार भईरहेको छ । ८६१ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा २,  टिकापुर १६ , महाकाली २५, अछाम १०, डोटी अस्पतालमा २ जनाको उपचार भइरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ । 


कस्तो लाग्यो ?

यो पनि