जेठ ०५, २०८१, शनिबार
               

त्रिविको परीक्षा फेरि अन्योलमा

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा फेरि अन्योलमा परेको छ । 

चैत ११ गते देखि लकडाउनका कारण स्थगित भएको परीक्षा साउन देखि लकडाउन खुले पनि त्रिविले भदौ पहिलो सातादेखि परिक्षा सुरु गर्ने निर्णय गरेकाे थियाे । हाल फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्रिवि अन्योलमा परेको हाे । 

कोरोना संक्रमित दिनहुँ बढ्दै गएपछि त्रिविले परीक्षा गराउने वा नगराउनेबारे फेरि छलफल गरेर निर्णय गर्ने बताइएको छ । 

परीक्षा नियन्त्रक पुष्पराज जोशीले परिस्थिति हेरेर पाँच दिनभित्र यसबारे निर्णय गर्ने बताए । 

यसअघि त्रिविले स्थगित गरेको सबै संकायको परीक्षा भदौ पहिलो सातादेखि सञ्चालन गरी दशैंअगाडि सकाउने निर्णय गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि