जेठ ०५, २०८१, शनिबार
               

जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । 

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो (दूधमति पुल) उत्तरमा क्षीरेश्वर नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल र दक्षिणमा बनौली मोड, बसहिया सडकमा पर्ने सोनामति मन्दिर एवं प्रदेशसभा जाने मोडको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । 

सो अवधिभर (साउन २५ राति १२ बजेसम्म) अतिआवश्यक सेवाबाहेक सम्पूर्ण पसल र उद्योग सेवा बन्द गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि