बैशाख २३, २०८१, आइतबार
               

फेरि जोर-बिजोर प्रणाली कि लकडाउन ?

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले केही दिनभित्र सवारीसाधन सञ्चालनमा जोर, बिजोर प्रणाली लागू गर्ने भएको छ ।

काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने सरकारले तयारी गरेको हो ।

त्यसका लागि स्वास्थ्य मन्त्रालयले शुक्रबार नै गृह मन्त्रालयालाई पत्र पठाएको थियो ।

सार्वजनिक सवारीसाधनको सहजतासँगै धेरै मानिस घरबाहिर निस्किएको र संक्रमणको जोखिम झनै बढेको भन्दै स्वास्थ्य मन्त्रालयले जोर बिजोर प्रणाली लागू गर्न गृहलाई आग्रह गरेको हो ।

आज (मंगलबार) सोही विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ्यका विज्ञसँग प्रधानमन्त्री केपी शर्मा ओलीले 'कोरोनाको पछिल्लो अवस्था र अब कसरी अघि बढ्ने ?' भन्ने विषयमा छलफल गर्दैछन् ।

समितिमा 'अति आवश्यक बाहेकका क्षेत्रलाई बन्द गरेर निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोरबिजोर लागू गराउनुपर्छ' भन्ने सन्दर्भमा छलफल अघि बढेको एक सदस्यले जानकारी दिए ।

सिसिएमसीले आज प्रधानमन्त्रीलाई यही विषयमा बिफ्रिङ गर्ने तयारी गरेको छ ।

आजको छलफलमा फेरि लकडाउन गर्ने वा संक्रमणको रोकथामका लागि अन्य विकल्प अपनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

यो पनि