बैशाख २३, २०८१, आइतबार
               

स्रोत नखुलेको रकमसहित संरक्षण अधिकृत पक्राउ

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा२झ १८७३ नंको गाडीमा यात्रा गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरूलाई आज पक्राउ गरिएको हो । 

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, पाँच लाख ५० हजार गरी कूल आठ लाख ९८ हजार रुपैयाँसहित सैनामैना नगरपालिका–१० रुपन्देहीबाट पक्राउ गरिएको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि