बैशाख २३, २०८१, आइतबार
               

चितवन प्रशासन कार्यालयद्वारा कुनै पनि भेला र बैठक नगर्न निर्देशन

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ ।

प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो । 

जिल्ला प्रशासन चितवन कार्यालयले सोमबार कोरोनाको जोखिममा यस्ता कार्यक्रममा उच्च हुने हुने भन्दै कुनै पनि भेला र बैठक नगर्न  निर्देशन दिएको हो । 

निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।  

चितवन प्रशासनले सातवटै स्थानीय तह, जिल्ला सहकारी सङ्घ, शिक्षा विकास तथा समन्वय एकाइ र विभिन्न सङ्घसंस्थालाई सूचना पठाएर आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरेको हो ।

यो पनि