बैशाख २३, २०८१, आइतबार
               

देशभर २६७ जना प्रहरीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । हालसम्म देशभर २६७ जना प्रहरीलाई काेरोना संक्रमण प्रष्टि भएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार  संक्रमित हुनेमा  कार्यालय सहयोगी देखि प्रहरी उपरिक्षक दर्जासम्मका छन् ।

प्रहरी प्रधान कार्यालयकाे तथ्यांकअनुसार १ जना प्रहरी उपरीक्षक, ६ जना प्रहरी निरीक्षक, १२ जना प्रहरी नायब निरीक्षक, १७ जना सहायक निरीक्षक, ६९ जना प्रहरी हवल्दार, १५० जना प्रहरी जवान  र ४ कार्यालय सहयोगीमा संक्रमण देखिएको छ । 

प्रहरी प्रधान कार्यालय वा उसको सोझै मातहतमा रहेर काम गर्ने ७३ जना र काठमाडौँ उपत्यकामा कार्यरत १४ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकी काठमाडौं बाहिरका हुन् । हालसम्म १ सय ५ जना डिस्चार्ज भएको र १ सय ६२ जना उपचाररत रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि