जेठ ०५, २०८१, शनिबार
               

नेपालमा बसेर ठगी गर्ने अमेरिकी नागरिक पक्राउ

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकामा कम्पनी दर्ता गरिदिने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक अमेरिकी नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । 

अमेरिकी नागरिक डेनियल लि म्यागीलाई महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको हो । 

कोटेश्वरस्थित एटलस सेक्युरिटी प्रा.लि.लाई अमेरिकामा दर्ता गरी साझेदार बनाउने भन्दै डेनियलले १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

साथै उनले सुजन थापा र सन्दीप कार्कीलाई समेत बिजनेश भिषामा अमेरिका लान्छु भनेर ५ लाख ठगी गर्ने प्रयास गरेको पाइएको छ।
    


कस्तो लाग्यो ?

यो पनि