जेठ ०५, २०८१, शनिबार
               

सिन्धुपाल्चोक पहिरोमा ८ जनाकै शव फेला, घाइतेलाई काठमाडौँ ल्याइयो

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएर वेपत्ता भएका थिए ।

उनीहरू सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका भारतीय नागरिक बारू साहको  मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि