जेठ ०५, २०८१, शनिबार
               

ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

कञ्चनपुर । लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम (आरआइटी)ले २२ दशमलव ९० ग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

भारतबाट नेपालमा बेच्नका लागि ल्याइएको ब्राउनसुगरसहित भारतको पिलिभित कम्पोजनगर पतैयाका गोविन्द सिंह र राजवीर सिंहलाई पक्राउ गरिएको आरआइटीका प्रहरी सहायक निरीक्षक पदम थापाले बताए ।

पक्राउ गरिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । 


कस्तो लाग्यो ?

यो पनि