बैशाख १७, २०८१, सोमबार
               

पशुपति आर्यघाटबाट शव बरामद, मृतकका छोरा पक्राउ

नेपाल फ्ल्यास
साउन १८, २०७७

सांकेतिक
ADVERTISEMENT

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागेको अवस्थामा प्रहरीले एकजनाकाे शव बरामद गरेको छ । हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएकाे छ । 

गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई महानगरीय प्रहरी परिसर ललितपुर पक्राउ गरेको हो ।

बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा पर्दा छोरा सन्तोषले बाबुमाथि कुटपिट गरेको र बिहान बाबु बेहोस देखेपछि सैनिक अस्पताल छाउनीमा लैजाँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि